rajbiraj murder sanjila dead-body-of-pramod३० बैशाख, राजविराज। सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ मा मङ्गलवार मृत अवस्थामा भेटिएका बालकको हत्या आफ्नै भाउजुले गरेको रहस्य खुलेको छ ।फकिरा गाविस–५ घर भई राजविराज–५ मा बस्दैआएका उमेश कुमार साहको ७ वर्षिय छोरा प्रमोद कुमार साहको भाउजु संजिला देवी साहले गरेको रहस्य खुलेको हो । स्थानीय धर्मराज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत बालक प्रमोदको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले गरिरहेको अनुसन्धानमा रहस्यको पुष्टि भएको छ ।

प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीका अनुसार मङ्गलवार विहान अन्दाजी सवा ६ बजेको समयमा राजविराज–५ स्थित कलभर्टको तलपट्टि नालीमा बालकको शरिर फेला परेको थियो । सात वर्षिय

प्रमोद र उनकी दिदी रन्जन कुमारी साह पढाईको सिलसिलामा राजविराज नगरपालिका वडा नम्वर– ५ स्थित मदननगर भन्ने स्थानमा दाजु विनोद साह र भाउजु सञ्जिला देवी साहसँगै बस्दै आएका थिए ।सोमवार दिउँसो दाजु विनोद साह विवाहको निम्तो मान्न भारतको सुपौल जिल्लाको निर्मली भन्ने स्थानमा गएका थिए । मृतक बालककी दिदी रञ्जन साथीको जन्मदिन मनाउन राती आठ बजेको समयमा राजविराज नगरपालिका वडा नम्वर–५ स्थित ऋतिका चौधरीको घर गएकी थिइन् ।

rajbiraj murder sanjila

मृतक प्रमोद र भाउजु सञ्जिला मात्र घरमा रहेको अवस्थामा भाउजु सञ्जिलाले देवर हराएको विषयमा ससुरा उमेशलाई फोन मार्पmत जानकारी गराइन् । तर कुरा भने अर्कै थियो सोही राती करिव साढे आठ बजेको समयमा नै भाउजु सञ्जिलाले देवर प्रमोदलाई झगडा गरेको विषयमा झगडा नगर भनि गाली समेत गर्दै घाँटीमा अठ्याएका थिए । सोही क्रममा निज प्रमोद गम्भिर घाइते भए पश्चात उनी जिवित रहेमा सासु ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफु घर–परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिचेर मारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

मृतक बालक प्रमोदको लास राती करिब ११ बजेको समयमा घर कोठामा नै राखी देवर हराएको बहाना गरी घरबाट करिब आठ सय मिटर दक्षिण पश्चिम राजविराज नगरपालिका वडा नम्वर– ६ पुल्चोक भन्ने स्थानसम्म मृतक प्रमोदको लास लुकाउन स्थानको खोजी गरिन् । बाटो क्षेत्रमा मानिसको चहल–पहल नभएको हेरी पुनः घर पुगी बालक प्रमोदको लास बोकी पुल्चोक भन्ने स्थानमा रहेको पक्की कल्भर्ट नजिक पुर्वपट्टी फालेर पुनः घर पुग्दा निजको बच्चा घरमा निद्राबाट व्युँझी रोएकोले छिमेकीले घरमा लगी राखेकोमा निज सञ्जिला फर्केर आई छिमेकीको घरबाट बच्चा लिएर गई राती घरमा नै सुतेको कुरा प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।निज सञ्जिलालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया