morcha

३० वैशाख , काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितिमा सरकारसँग वार्तामा नबस्ने बताएको छ । मधेसी मोर्चासँग सम्बद्ध सात वटा राजनीतिक दलहरुको संयुक्त बैठकले सरकारले वार्ताको कोरा नारा मात्र लगाइरहेको र त्यसका लागि उचित वातावरण बनाउन नचाहेको निष्कर्श निकालेका छन् ।

मोर्चाका तर्फबाट जारी विज्ञप्तीमा सरकारले आन्दोलनरत पक्षका नेता कार्यकाहरुमाथि दमन गर्ने, झूठा मुद्दा लगाउने, धरपकड गर्ने यतना दिने कार्यहरु जारी नै राखिराखेको वर्तमान अवस्थामा वार्ताको वातावरण सरकारले नै बिगारेको आरोप लगाइएको छ । “उक्त वातावरण बनाउने कार्य सरकारले नगरुञ्जेल वार्ताको औचित्य रहन्न’ विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा सर्वोच्च अदालका न्यायाधीशहरु र राजदूहरुको लगायतको नियुक्तिले समानुपाित समावेशिताको सिद्दान्तका आधारमा नभई सरकारमा रहेका दलहरुबीच दलीय

भागबण्डाका आधारमा मात्र गरेकोबाट संविधानको संशोधन नाटक मात्र रहेको समेत आरोप लगाईको छ । “जारी आन्दोलनको क्रमा विश्वव्यापी मान्यताविरुद्द सरकारले नृशंसतापूर्वक अत्यधिक बल प्रयोग गरी नरसंहार गरेको र त्यसको स्वतन्त्र न्याकि छानबीन गरिनु पर्न भन्दै आन्दोलनकारी नागरिक समाज, राष्ट्रिय अन्तर्रािष्ट्रय मानवाधिकारसँग सम्बन्धित निकाय र संस्थाहरु लगायतबाट आवाज उठिरहँदा समेत सरकार न्यायिक छानबीन लागि तयार नरहेको समेत बताइको छ ।एभरेष्टदैनिकबाट

हेर्नुस् विज्ञप्तीको पूर्ण पाठ

morcha press-release1

तपाईको प्रतिक्रिया