70 year old mom

३० बैशाख , एजेन्सी। सुन्दा अचम्म लाग्नु स्वभाविक नै हो कि एक महिला ७० वर्षको उमेरमा आमा बनिन् । तर यो साँचो हो । भारतको हरियाणाकि एक महिला ७० वर्षको उमेरमा बच्चा जन्माउन सफल भइन् ।

हरियाणामा बस्ने दलजिंदरले आमा बन्ने सपना देख्न छोडिसकेकी थिइन् । लाख गर्दा पनि उनको कोख भरिन सकेको थिएन । तर यसैबीच उनले टेष्ट्युव वेवीको बारेमा सुनिन् । उनले यो बारेमा हरियाणाको एक फर्टिलिटी क्लिनिकमा गएर बुझिन् । डाक्टरले यो उमेरमा आमा बन्न गाह्रो हुने कुरा बताए तर असम्भव नरहेको पनि बताए ।

त्यसपछि उनले हिम्मत गरिन् र जसरी हुन्छ आमा बन्छु भनिन् । त्यसपछि उनको कोखमा टेष्ट्युब बेवी प्लाण्ट गरियो । नभन्दै उनको कोख भरियो र हालै एक स्वस्थ छोरालाइ जन्म दिइन् । अहिले आमा छोराको स्वास्थ्य अवस्था सामान्य छ भने दलजिंदरको घरमा खुशियाली छाएको छ ।

तपाईको प्रतिक्रिया