३१ वैशाख, राजविराज। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ७ अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा बोलेरो भ्यानको ठक्करबाट शुक्रबार एक जना साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ६१७४ नम्वरको बोलेरो भ्यानको ठक्करबाट शम्भुनाथ–३ घर भएका २० वर्षिय रोशन चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भई उपचारको लागि युनिक अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र चालक मोरङ हात्तिमोडा ५ बस्ने महेन्द्र माझी ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया