sonakchhi-sinnha-in-kathmandu-nepal

१ जेठ, काठमाडौं । बलिउड चर्चित नायिका सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छिन् । शनिबार काठमाडौंको टुडिखेलमा हुने कार्यक्रमका लागी उनी नेपाल आएकी हुन् । सोनाक्षी शुक्रबार दिउँसो १ः४५ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण गरेकी हुन् ।

शनिबार सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सोनाक्षीसँगै बलिउड आइटम गर्ल मलाइका अरोरा खानले आफ्नो प्रस्तुती दिँनेछिन् । मलाईका पनि आजै काठमाडौं आउने बताइएको छ ।

भूकम्प पीडितहरुको सहयोगार्थ सैनिक श्रीमति संघले भोली ३ बजेबाट टुँडिखेलमा हुने भब्य कार्यक्रममा बलिउडका यी दुई कलाकारहरुका साथमा नेपालका अन्य नायिकाहरुको पनि बिशेष प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया