आइएसको आक्रमण जारी रहेको टर्कीको दक्षिणी क्षेत्रमा दुई दिनयतादेखि जारी रहेको हिंसात्मक विद्रोहका क्रममा भएका भिडन्तमा परी कम्तीमा पनि चार जना सैनिक र ११ विद्रोही मारिएका छन् ।
दक्षिणी टर्की इराकको सीमा क्षेत्रमा पर्छ । सो क्षेत्रको दाग्लिका नगरमा ती भिडन्तहरु भएका थिए । भिडन्तमा परी अरु कैयौँ कुर्दिस विद्रोही घाइते भएका छन् ।
सो कारबाही हेलिकोप्टरबाट र स्थलगत रुपमा पनि गरिएको प्राप्त समाचारमा जनाइएको छ । टर्कीमा हुन लागेको यही नोभेम्बर १ को निर्वाचनको पूर्व सन्ध्यामा यी भिडन्तहरु भएका हुन् ।
सो निर्वाचनलाई मध्यनजर गरी कुर्दिस विद्रोही पिकेकेले केही महिनायतादेखि नै आक्रमणलाई तीव्र पारेको छ ।
मुस्लिम जिहादी समूह इस्लामिक स्टेट (आईएस) का विरुद्ध टर्कीमा पनि कारबाही जारी राखिएको समाचारमा जनाइएको छ ।
पछिल्लो समयमा विश्वका सिरिया, इराक र टर्कीलगायतका देशमा उक्त समूहले हिंसात्मक हमलाहरू गर्ने गरेको छ ।
पछिल्लो समयमा यस आतङ्ककारी समूहका विरुद्धमा सिरियामा पनि कारबाहीलाई सक्रिय बनाइएको जानकारी दिइएको छ । गएको शनिबारदेखि टर्की र संयुक्त सेनाले कारबाहीलाई व्यापक बनाएको हो ।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया