Two_Indian-police_arrest_from_thankot_822821204

१ जेठ, काठमाडौं ।( फायल तस्विर ) पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गरेका छन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । एक भारतीय अधिकारीको सुरक्षार्थ पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ ।

भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी छिर्नेक्रममा पक्राउ परेका हुन् । ‘भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका रहेछन् । पछि उनीहरुलाई पोसाक नलगाइकन सुरक्षार्थ खटिन निर्देशन दिएका छौं,’ महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने । प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । अन्नपुर्ण पाेस्ट बाट ।

तपाईको प्रतिक्रिया