dxfgu/Lo 6«flkms k|x/L dxfzfvfn] tof/ kf/]sf]  6«flkms ;r]tgfd"ns uLlt;ªu|x …;]tf] 6f]kLÚsf] ljdf]rg ub}{ k|x/L dxflg/LIfs pk]Gb|sfGt cof{n nufot . tl:a/ M cRo't /]UdL, /f;;
dxfgu/Lo 6«flkms k|x/L dxfzfvfn] tof/ kf/]sf] 6«flkms ;r]tgfd”ns uLlt;ªu|x …;]tf] 6f]kLÚsf] ljdf]rg ub}{ k|x/L dxflg/LIfs pk]Gb|sfGt cof{n nufot . tl:a/ M cRo’t /]UdL, /f;;

काठमाडौँ, २६ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार पारेको ट्राफिक सचेतनामूलक गीतिसङ्ग्रह ‘सेतो टोपी’को विमोचन गरिएको छ । महाशाखाका प्रमुख जयबहादुर चन्दको शब्द तथा वसन्त सापकोटाको सङ्गीत रहेको गीतिसङ्ग्रहको आज यहाँ एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमोचन गर्नुभयो ।

महानिरीक्षक अर्यालले सरकारी, गैरसरकारी, सवारी चालक, बटुवा सबै सजक भए सडक सुरक्षा हुने बताउनुभयो । उहाँले अत्यधिक सवारी साधन आवागमन गर्ने उपत्यकामा बर्सेनि थुप्रै सवारी साधन दर्ता हुँदा पनि ट्राफिकले गरेको व्यवस्थाको उच्च मूल्याङ्कन गर्नुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जयबहादुर चन्दले ४० लाख जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा एक हजार ५९४ मात्र सडक र आठ लाख ५० हजार सवारी साधनलाई व्यवस्थित गर्नु चुनौतिपूर्ण भएको बताउनुभयो ।

वरिष्ठ गीतकार डा कृष्णहरि बरालले ‘सेतो टोपी’ गीतिसङ्ग्रहले नेपालको सङ्गीत जगतमा इँटा थपेको बताउनुभयो । ‘सेतो टोपी’ गीतिसङ्ग्रहभित्र वटुवा, मदिरा, लेन अनुशासन, जेब्राक्रस, विद्यार्थी ¥याप, सवारी धनी, सवारी चालक, देउडा बोलका नौवटा गीत सङ्ग्रहित छन् । गीतिसङ्ग्रहमा गायक राजेशपाल राई

@purbelinews.com

तपाईको प्रतिक्रिया