काठमाडौं – नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा उमेरभन्दा बढीका खेलाडी खेलाएको पुष्टि भएको छ । एएफसीले उमेरभन्दा बढीका खेलाडी खेलाउने नेपाली टोलीलाई प्रतियोगिता खेल्नबाट वञ्चित गर्दै अखिल नेपाल फुटबल संघलाई समेत आर्थिक जरिवानासहितको जानकारी पत्र पठाएको छ । भर्खरै मात्रै नेपालले छनोट प्रतियोगितामा सबै समूहका उपविजेतामध्येबाट उत्कृष्ट भएर भारतमा हुने प्रतियोगिताका लागि स्थान बनाएको थियो । तर प्रतियोगितामा उमेरभन्दा बढीका खेलाडी खेलाएको पुष्टि भएपछि नेपालले अब आगामी वर्ष भारतमा हुने प्रतियोगिता खेल्न पाउनेछैन । एमआरआई टेस्टका लागि छानिएका नेपालका आठ खेलाडीमध्ये परिक्षणमा क्रममा एक खेलाडीको उमेर १६ वर्षभन्दा माथि रहेको पाइएको हो । यसअघि गत महिना किर्गिजस्तानमा भएको खेलमा नेपालले आयोजक किर्गिजस्तान र जोर्डनलाई हराएको थियो । उमेरभन्दा बढीका खेलाडी खेलाएको पुष्टि भएपछि एएफसीले नेपाललाई १४ हजार ५ सय अमेरिकी डलरको जरिवाना समेत गर्ने भएको छ । नेपालले गत संस्करणमा पनि यही प्रतियोगितामा उमेरभन्दा बढीका खेलाडी खेलाएको थियो । तर गत संस्करणमा छनोट भएर प्रतियोगिता खेलिसकेपछि मात्रै नेपालले उमेरभन्दा बढीका खेलाडी खेलाएको पुष्टि भयो । फलस्वरुप एएफसीले नेपाललाई कारबाही गर्दै नेपालले खेलेको उज्वेकिस्तान विरुद्ध बराबरी खेलमा नतिजा उल्ट्याएर नेपाल पराजित भएको घोषणा गरेको थियो । त्यस्तै कुवेत विरुद्ध नेपालले हासिल गरेको जीतमा पनि नतिजा उल्ट्याउँदै नेपाल पराजित भएको घोषणा गरिएको थियो । गत संस्करणमा पनि नेपालमाथि एएफसीले आर्थिक जरिवाना गरेको थियो ।रातोपाटिबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नगर स्तरीय चेस प्रतियोगिताको उपाधि राजकुमार जिते
हात धोऔं स्वस्थ रहौं/करुणा समाजको आयोजनामा सम्पन्न नगर स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि राजकुमार रायले जितेका ...
पञ्जाब ८ विकेटले विजयी
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ । सारजहा मैदानमा राति सकिएक...
निषेधाज्ञाका बाबजुद इनरुवामा फुटबल !
हात धोऔं, स्वस्थ रहौं / सुनसरीको इनरुवामा निषेधाज्ञाका बाबजुद फुटबल प्रतियोगिता आयोजना भैरहेको पाइएको छ ।सुनसरी प्रशासनल...
इण्डियन प्रिमियर लिग आज दुई खेल हुँदै
आईपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अ...
क्रिकेट ललित भण्डारी अस्पतालबाट डिस्चार्ज
काठमाडौं। सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य ललित भण्डारी मंगलबार अस्पतालबाट डिस्चार्...
किंग्स इलेभेन पन्जाब ४८ रनले पराजित
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम...