इनरुवा । सुनसरीको बविया गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ ।गाउँ विकास समितिको कार्यालय बविया सुनसरी र गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति बवियाको आयोजनामा बवियालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।

बविया जिल्लाको ३० औं खुला दिसा मुक्त क्षेत्र बनेको छ । गाविसमा १ हजार ५ सय ११ घरधुरी मध्ये ३ हजार ६ सय ८२ जना पुरुष, ३ हजार ९ सय ६२ जना महिला गरी ७ हजार ६ सय ४४ जनाको जनसंख्या रहेको गाविसका गाविस सचिव नेत्र प्रसाद न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया