३ जेठ, राजविराज। आइतवार सम्पन्न अंग्रेजी विषयको परीक्षामा चीट चोरी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।परीक्षाको प्रश्न–पत्र परीक्षा केन्द्रबाट बाहिर ल्याएर फोटोकपी गरिरहेको अवस्थामा फोटाकपी मेसिन सहित राजविराज नगरपालिका वडा नम्वर १ स्थित प्रिया आर्ट फोटोकपी सञ्चालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा फोटो कपी सञ्चालक ३६ वर्षिया शिव नारायण चौधरी र उच्च माध्यमिक विद्यालय बभनगामाकट्टीका कार्यालय सहयोगी ४२ वर्षिय भगवती प्रसाद यादवलाई प्रश्नपत्र फोटोकपी गर्ने क्रममा पक्राउ गरेको छ । पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया