udasi in inaruwa
जेठ ५ इनरुवा/ सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुख उद्येश्य द्धन्द्ध पीडितहरुका सवालमा प्रभावकारी कार्य सम्पादन गर्न सक्नु रहेको आयोग सदस्य लीलाउदासी खनालले बताउनु भएको छ ।सुनसरीको इनरुवामा स्थानीय शान्ति समितिले आयोजना गरेको सरोकारवालावीचको अन्र्तकृयामा बोल्दै आयोगका सदस्य खनालले छोटो समय भएपनि महत्वपूर्ण कार्य सम्पादन आफुहरुको प्रमुख दायित्व रहेको बताउनु भयो ।
स्थानीय नागरिक समाज, वृद्धिजीवि, मानवअधिकारकर्मी लगायतबाट राय सुझाव संकलन पश्चात खनालले द्धन्द्ध पीडितहरुबाट प्राप्त सबैखाले उजुरी उपर छानविनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।आयोगको मिति सकिनै लाग्दा स्थानीयस्तरबाट कार्य सम्पादन उपर शंका उपशंका उब्जिरहँदा १ वर्ष म्याद थप हुने प्रावधान रहेकाले उजुरी सुनुवाईमा आशंका नगर्न वहाँको आग्रह थियो ।आयोगले आजबाट द्धन्द्ध पीडितहरुबाट प्राप्त खुला उजुरी उपर प्रारम्भिक छानविन थालिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया