इनरुवा जेठ ६/ सुनसरीका दुई स्थानमा चट्याङका कारण आगलागी हुँदा चौपाया तथा धनमालमा क्षति पुगेको छ ।मध्यराती परेको चट्याङका कारण सुनसरीको मध्यहर्षाही २ स्थित पगिर मियाँको गोठमा आगलागी हुँदा गोठमा रहेका एउटा गाई र बाछा मरेका छन् भने गोठ समेत जलेको छ ।

त्यसैगरी इनरुवा ५ स्थित प्रहरी हवल्दार गोपाल बास्तोलाको पक्की घरमा समेत चट्याङ पर्दा आगालागी हुन पुगेको छ । आगलागीका कारण नगद सहित सामान जलेको प्रहरीले जनाएको छ । चट्याङले सुनसरीका विभिन्न स्थानमा नेट तथा टेलिफोन सेवा समेत अवरुद्ध पारेको छ ।

तपाईको प्रतिक्रिया