gyanendra in inaruwa7

इनरुवा जेठ ७/ पूर्व राजा ज्ञानेन्द्र शाह आउने खबर पाएपछि इनरुवामा मध्यान्हबाटै बाक्लो भिड जम्मा हुन पुगेको थियो ।पूर्व राजा ज्ञानेन्द्र  राजमार्ग हुँदै झापा जाने कार्यतालिका अनुरुप इनरुवाको महेन्द्रचौकमा उनको स्वागतका लागि घण्टौं ठुलो भिड प्रतिक्षामा बसेको थियो ।साँझ ६ बजे महेन्द्रचौक आइपुगेका ज्ञानेन्द्रको स्वागतका लागि भेला भएका राजावादी सहितका सर्वसाधारणको भिड व्यवस्थित गर्नु प्रहरीका लागि हम्मे हम्मे बनेको थियो ।

सडक किनारमा स्वागतका लागि लामवद्धहरुको स्वागत थाप्न पूर्व राजा ज्ञानेन्द्र करिव आधा हण्टा पैदल हिडेका थिए ।स्वागतका लागि बाक्लो भिड जम्मा भएपछि ससस्त्र र जनपथ प्रहरीले भिडलाई मर्यादित बनाउने काम गर्नु परेको थियो ।ज्ञानेन्द्रको स्वागतमा कुरेकाहरुले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्र भोली झापामा हुने सम्मान ग्रहणका लागि पूर्व आएको बताइएको छ ।

gyanendra in inaruwa6 gyanendra in inaruwa5 gyanendra in inaruwa4 gyanendra in inaruwa gyanendra in inaruwa3 (2)

 

 

तपाईको प्रतिक्रिया