इनरुवा जेठ ८/ २५ सय ६० औं बुद्ध जयन्तीको अवसर पारेर इनरुवा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपाली काँग्रेस इनरुवा नगर समितीले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।रक्तदान कार्यक्रमा पाटीमा आवद्ध वाहेक स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।
शान्तिका अग्रणी गौतम बुद्धले छरेको ज्ञानको ज्योतिलाई स्मरण गर्दै सद्भाव र सहकार्यका साथ आपसी भाइचारा कायम गर्ने उद्येश्यसाथ कार्यक्रम आयोजना गरिएको इनरवा नगर समिति सभापति राजन मेहताले बताउनु भयो ।रक्तदान कार्यक्रममा नेपाली काँग्रेस सुनसरी सभापति राजिव कोइराला सहित ५४ जनाले रगत दान गरेका थिए ।