gantantra diwas tyari

इनरुवा जेठ १०/जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको तयारीमा जुट्न सुनसरी प्रशासनले मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको कार्यालय प्रमुख सहितको भेलामा प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले गणतन्त्र दिवसको तयारीमा जुट्न आग्रह गर्नु भएको हो ।भेलाले दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।सुनसरीमा जेठ १३ देखी जेठ १५ गते सम्म तीन दिन विद्यालय स्तरीय कविता वाचन, साहित्यिक प्रवचन, प्रभातफेरी र सर्वसाधारणमा गणतन्त्र नेपाल बारेको जानकारी सहितका चेतनामूलक कार्यक्रमहरु संचालन गरिने छन् ।यसैगरी सोही वैठकले जेठ २३ गतेको विश्व वातावरण दिवस मनाउने समेत निर्णय गरेको छ । जसको लागि जिविस सुनसरीले आन्तरिक व्यवस्थापन मिलाउने सहमति जनाएको छ ।

gantantra diwas tyari1

gantantra diwas tyari2

तपाईको प्रतिक्रिया