brave gorkhali gaokha-sainik-

काठमाण्डाै / नेपालमा हमला गर्ने हिम्मत आज पनि जो कोही गर्न सक्दैनन् भने त्यसको कारण हो नेपालका गोरखालीको छबी । उनीहरु नेपाल आर्मीलाई मात्र आफ्नो सेवा दिदैनन् कि ब्रिटीश र भारतीय सेनाका लागि समेत मर्न तत्पर रहन्छन् । आज होइन, १८१६ को एग्लो–नेपाली युद्धको अन्त्यको समयदेखि नै यो परम्परा चलिआएको छ । दुर्गम परिस्थिति र घुमाउरो बाटोमा पनि उनीहरु आफ्नो असाधारण बहादुरी, क्षमता र नायकत्वको प्रदर्शनी गर्न सक्छन् । आफ्नो यस्तै परम्पराको विश्वास गर्ने अफगानिस्तानमा तैनाथ एक गोरखाली दीपप्रसाद पुनले एक्लै एक पोस्टमा ३० तालिवान लडाकुलाई मृत्यु शैयामा सुताइदिए ।

अफगानिस्तानको हेल्मड प्रान्तमा सक्टेम्बर २०१० को एक रात थियो । रोयल गोरखा रायफल्सका हवलदार दीपप्रसाद दोमनजिली चौकी मा तैनाथ थिए । त्यसैबेला उसले त्यहाँ केही आवाज सुन्यो । उसले हेर्दा दुई व्रिद्रोहीले नजिकैको सडकमा केही विस्फोटक पदार्थ राख्ने प्रयास गरिरहेका थिए । उनले आफू चारैतिरबाट घेरिएको अनुमान सजिलै लगाए ।

तर, हार मानेनन् । त्यसरात त्यहाँ असाधारण गोली र ग्रिनेड पक्डिउको आवाज चारैतिर गुञ्जिसकेको थियो । पुनको चौकी पूर्णरुपमा ध्वस्त पार्ने योजनाका साथ तालिवान लडाकुले यस्तो योजना बुनिसकेका थिए । जसस्वरुप सो हमला भएको थियो । तर, पुन कत्ति पनि डराएनन् । उनले हिम्मत र जोशका साथ आफ्नो मेसिनगन उठाए र धुवाधार गोली बर्साउन सुरु गरे ।पुनले विपक्षीलाई सास फेर्नेसमेत मौका दिएनन् । उनले पहिले १७ ग्रिनेडले हमला गरे र जब ग्रिनेड सकियो तब एसए ८० सर्विस राइफल उठाएर उनीहरुमाथि दनादन गोली बर्साउन सुरु गरे ।

यहाँसम्म कि दुश्मनविरुद्ध ल्याडमाइन फ्याक्नसमेत भ्याए ।पुन अहिले भन्छन्, ‘एक तालिवान लडाकु गार्ड हाउसदेखि सँगै सटेको टावरमा चढ्ने प्रयास गरिरहेको थियो । तब मलाई कुनै न कुनै उपायले उसलाई जमिनमा गिराउनु थियो । मैले उसलाई त्यहाँबाट हटाउनमा सफलता त हासिल गरेँ तर, मेरो हतियारले धोका दियो । गोली चलेन । मैले मेसिनगनको ट्राइप्याड उठाएर तालिवानको मुखमा हाने । जसका कारण उनी बिल्डीङको जमिनमा ढले ।’

brave gorkhali

पुनले ती लडाकुसँग तबसम्म आफ्नो लडाइ जारी राखे जबसम्म अतिरिक्त सेना उनको सहयोगका लागि चौकीसम्म आइपुगेनन् । जबसम्म अतिरिक्त सेना त्यहाँ पुगे तबसम्म पुनले एक्लै ३० तालिवान लडाकुलाई मारिसकेका थिए ।ब्रिटेनकी महारानी एलिजाबेथले पुनको त्यस बहादुरीका लागि एक समारोहको आयोजना गरेर ‘कन्सपिक्युअस ग्यालेन्ट्री क्रस’ पुरस्कारबाट सम्मानित गरिन् ।

समारोहमा आएका चर्चित व्यक्तिबीच उनले भने, ‘त्यस समय म निराश थिइन किन कि लड्नुबाहेक मसँग अरु कुनै दोश्रो उपाय थिएन । तालिवानले चारैतर्फबाट चेक प्वाइन्टमा मलाई घेरिसकेका थिए र म एक्लै थिएँ ।जसरी उनीहरुले मलाई चारै तर्फबाट घेरेका थिए, मैले बुझिसकेको थिएँ कि म मर्ने निश्चित छ । तब सोचे की जति जनालाई मार्न सक्छु मारेरै म पनि मर्छु ।’ पछि थाहा भयो कि पुनले त्यसबेला २५० मेसिनगन र १८० एसए ८० राउन्ड फायर गरेका रहेछन् । ६ फस्फोरस ग्रिनेट, ६ सामान्य ग्रिनेड र एउटा क्लेमोर माइन पनि उनले फ्याकेका रहेछन् ।

पुनको परिवारमा पहिल्यै देखि गोरखा रेजिमेन्टमा आफ्नो सेवा दिने इतिहास रहेको छ । उनका बाबुले पनि गोरखा राइफल्सलाई आफ्नो सेवा दिएका थिए । उनको दाजुलाई दोश्रो विश्वयुद्धको समयमा बर्मा थिएटरमा उनको बहादुरीका लागि ‘भिक्टोरीया क्रस’ ले सम्मान गरिएको थियो ।काठमाण्डु टुडेबाट

तपाईको प्रतिक्रिया