belbari ko pida

११ जेठ, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिकाको १० र ११ वडामा नगरपालिकाले बिकास निर्माणको काममा चासो नदेखाएको भन्दै स्थानियले बिकासका लागी सहयोग गरिदिन आग्रह गरेका छन । साबिक कसेनि गाविस रहेको नगरपालीकाको ती वडाहरुमा नगरपालिकाले सौतेने आमाको ब्यबहार गरेको भन्दै उनीहरुले गुनासो गरेका हुन । स्थानियकै सक्रियतामा कच्चीपुल निर्माण गरी उद्घाटन गर्न कार्यकारी अधिकृत होमप्रसाद पौडेललाई बोलाएका स्थानियले नगरपालिकाले कुनै सहयोग नगरेकाले बिकास गरेको देखाउन त्यहाँ बोलाएको बताएका छन ।

नगरपालिकामा पटक पटक गएपनि चासो नदेखाएपछि स्थानियकै सक्रियतामा काठे पुल निर्माण गरिएको स्थानिय बासिन्दाले बताएका छन । काम गर्नका लागी सरकारकै मुख ताक्नु पर्दैन भन्ने उदाहरण देखाई दिएको नेकपा एमाले नगर कमिटी बेलबारीका उपाध्यक्ष मिलन राईले बताए । राजनीतिक दलमा समेत पहुँच नपुग्ने गरेकोले बिकास निर्माणको काममा ढिलाई भएको भन्दै नगरपालिकाले समान रुपमा बजेट बितरण गर्नु पर्ने समेत स्थानीयले माग गरे । सानो काम गर्न जाँदा समेत राजनीतिक पहुँच चाहिन थाल्यो वडाबासी सँग पहुँच छैन पुल निर्माण समितिका अध्यक्ष गब्बर चौधरीले गुनासो गरे । प्रमुख अतिथिको रुपमा बोलाईएका कार्यकारी अधिकृत पौडेल समक्ष बोल्ने अधिकांशले बिकास निर्माण गरिदिन मात्र आग्रह गरे । दुई वटा वडामा पनि बजेट छुटयाई दिन आग्रह गर्दै स्थानीयले कार्यकारीलाई फुलमाला लगाएर स्वागत गरे । नगरपालिकाले बिकास निर्माणका लागी बजेट छुट्याए पनि केसेनीका जनताले राहत महसुस गर्न नपाएको स्थानीयको गुनासो रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा रहेका प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदीले बिकास निर्माणका कामका लागी नगरपालिका सँग बजेट छुट्याउन पहल गर्ने बताए । उनले यो क्षेत्र पछाडी परेकोले यस्को बिकासमा आफुले पनि पहल गर्ने बताए ।
बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत पौडेलले टिम बनाएर आए यो क्षेत्रको बिकासका लागी लगानी गर्ने बताए । नगरपालिकाको नितिमा आधा आधा लगानीमा काम गर्नु पर्ने हुन्छ अधिकृत पौडेलले भने आधा लगानी गर्ने बातावरण सिर्जना गर्नुहोस बजेट छुटिन्छ । धेरै जग्गा हुने जमिन्दार बिराटनगर तथा काठमाण्डौमा बस्ने गरेकाले समेत बिकास निर्माण हुन सकेको छैन । तपाईहरु सँग पैसा नभए कुटो कोदालो बोकेर निस्कनुहोस, नगरपालिकाले सुन फलाई दिन्छ भन्दै स्थानीयलाई नगरपालीकाका कार्यकारी अधिकृत पौडेललले हौसला समेत दिए ।
साबिक कसेनी गाबिसको वडा नम्बर ७ हाल बेलबारी नगरपालिकाको वडा नम्बर १० र ११ सहित बबियाबिर्ता गाबिसको ८ नम्बर जोडने डबल पिल्लर सहितको काठे पुल १ लाख ८० हजारमा निर्माण सम्पन्न भएको निर्माण समितिका सचिब सीताराम भुजेलले बताए ।

पुल निर्माणमा ५० हजार बराबरको श्रमदान रहेको पनि उनले उल्लेख गरे । पुल निर्माण भएपछि सो क्षेत्रका एक सय बढी बिद्यार्थी र सयौँ स्थानीय बासिन्दा लाभान्वित भएको स्थानीय जित बहादुर कार्कीले बताए । पुल निर्माण नहुँदा बर्खायाममा बिद्यार्थीहरु खोला तर्न नसक्ने र घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय फणिन्द्रराज बस्नेतले बताए । खोलामा पुल नहँुदा स्थानीय बिरेन्द्र माध्यमिक बिद्यालय बोराबाँधमा अर्को वडा बाट अध्यायन गर्न आउने १ सय बढी बिद्यार्थीहरुलाई प्रत्यक्ष समस्या थियो । २ महिना लगाएर सो पुल निर्माण भएको र पुल निर्माण भएपछि बिद्यार्थी मात्र नभएर यस क्षेत्रका स्थानीय बासिन्दाहरुलाई समेत सहज भएको स्थानीयहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया