kedia-mos_apaharan

१७ जेठ। बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् । बिहिबार साँझ अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट भारतीय प्रहरीले आइतबार अपहरण मुक्त गरेको हो । भारतीय समाचार एजेन्सी एएनआईले केडियाको तस्विर ट्वीट गर्दै उनी अपहरण मुक्त भएको जनाएको छ । केडियालाई खोज्न मोतिहारीका एसपी जितेन्द्र राणा र बेतियाका एसपी विनय कुमारको नेतृत्वमा विशेष अप्रेसन चलाइएको थियो ।केडियाको अपहरण मामिलामा मुख्य आरोपी समेत कयौंलाई पक्राउ गरिएको
प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ ।

अपहरणकर्ताहरुबाट एक स्कार्पियो गाडी पनि बरामद गरिएको छ । शनिबार मात्र अपहरणकारीले केडियालाई मुक्त गर्न १ अर्ब फिरौती मागेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेको थियो । यसअघि खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश व्यापारिक कामले बाराको वरियारपुर गएका थिए ।साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए। अपहरणकारीहरुले उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए।

तपाईको प्रतिक्रिया