जेठ १७/राष्ट्रिय सूचना आयोगका सदस्य किरण पोखरेलले सूचनाको हक कार्यान्वयनकालागि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित कार्यक्रममा वहाँले सूचना पाउनुपर्ने सबैको अधिकार भएकाले सोको चुस्त व्यवस्थापनमा जोड दिनुभएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको भेलामा पोखरेलले सूचना लुकाउन नहुने भन्दै सही सत्य र कोही कसैले चाहे दिन मिल्न सम्मका सूचना तत्काल प्रवाह गरिनुपर्ने बताउनुभयो ।
अन्यखाले सूचनाको सम्वन्धमा सूचनाको हक सम्वन्धित विधिको अवलम्बनगरी त्यस्ताखाले सूचना दिने प्रकृयामा सहजता दिलाउन समेत पोखरेलले मातहतका कार्यालयका प्रमुखहरुलाई आग्रह गर्नुभयो । कार्यालयहरुले मासिक रुपमा कार्यप्रगति विवरण अनिवार्य सार्वजनिक गर्नु पर्ने वहाँको भनाई थियो ।कार्यक्रममा प्रजिअ चापागाईले सूचना प्रवाह र सूचनाको हक कार्यान्वयन सम्वन्धमा सवै मातहतका कार्यालयहरुलाई दृढताका साथ लाग्न निर्देषन समेत दिनुभयो ।