भारतको एउटा धार्मिक संस्थाले पिशाब फेर्ने हिन्दू विधी सबैभन्दा वैज्ञानिक भएको दावी गरेको छ । आफ्नो वेवसाइटमा संस्थाले लेखेको छ, ‘ठिंग उभिएर पिशाब फेर्नु अशोभनीय काम हो । झन् महिलाले त उभिएर पिशाब फेर्नै हुन्न ।’  यसबाहेक अरु पनि विचित्रका तथ्यहरु बाहिर ल्याएको संस्था अहिले भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बनिरहेको छ । यसको वेवसाइटमा भेटिएका केहि सामग्रीहरु यस्ता छन् :-

toilet_couture_by_socialjunkieee

नांगो भएर नुहाउनु हुँदैन
संस्थाका अनुसार नुहाउने बेला, केटा होस वा केटी, सबैले कट्टु लगाएकै हुनुपर्छ । केटीलाई ब्रा पनि नखोलिकन नुहाउन संस्थाले सुझाव दिएको छ । सबैलाईं पँलेटी कसेर नुहाउन सुझाव दिँदै संस्थाले लेखेको छ, ‘पलेँटी मारेर बस्दा शरीरको ढाँचा त्रिकोणात्मक हुन्छ । यसले नुहाउँने क्रममा सुरक्षात्मक आवरण निर्माण गर्छ ।’  नुहाउँदा सँधै मन्त्रोच्चारण गर्न तथा पित्तलको लोटा मात्र प्रयोग गर्न संस्थाको सुझाव छ ।

ट्वाइलेट पेपर सात्विक होइन
सस्थाले शौचालयमा पानीको साटो ट्वाइलेटपेपर कहिल्यै प्रयोग नगर्न सबैसित आग्रह गरेको छ । वेवसाइटमा लेखिएको छ, ‘ट्वाइलेट पेपर कहिले पनि सात्विक हुँदैन । यो पृथ्वीतत्वसित जोडिएको हुन्छ । त्यसैले शौच गरेपछि यसले दिसामा रहेको पृथ्वीतत्वसत जोडिएको रज–तम तत्वलाई नाश गर्न सक्दैन ।

कपाल पाल्ने पुरुष नपुंशक
महिलाले छोटो कपाल पाल्नु र पुरुषले लामो कपाल पाल्नु दुवै अशुभ काम भएको संस्थाको जिकिर छ । पुरुषले लामो कपाल पाल्दा उ नपुंशक हुन जाने दावीसमेत संस्थाको वेवसाइटमा गरिएको छ ।

वेवसाइटमा लेखिएको छ, ‘लामो कपाल चञ्चलताको प्रतिक हो । त्यसैले यसमा खास किसिमका तरंगहरुको उत्सर्जन हुन्छ जसले वातावरणलाई दूषित गर्छ । यसबाट पुरुषको शुक्रकिटको संख्यामा कमि आउँछ र पुरुष अन्ततः नपुंशक बनेर टुंगिन्छ ।’

पिशाब बसेर फेर्नुपर्छ
वेवसाइटमा उभिएर पिशाब फेर्ने प्रचलनको कडा आलोचना गरिएको छ । संस्थाका अनुसार उभिएर बिशाब पेर्दा रज–तम तरंगहरु एकजुट भएर तल गोडातर्फ बढ्न थाल्छन् । पातालबाट निस्किने कस्टपद पैताला हुँदै गोडा र शरीरमा तुरुन्तै फलिन सक्छन् । यसले जमिनमा जोडिएको काली शक्तिको प्रवाहलाई पनि जगाइदिन्छ र कुनै पुरुषको पूरै शरीर रज–तम तरंगले भरिन्छ ।

@purbelinews.com

तपाईको प्रतिक्रिया