bishwaraman sir balika school inaruwa
इनरुवा जेठ १८/इनरुवा २ स्थित रहेको सुनसरी बालिका माविका संस्थापक तथा प्रअ विश्वरमण पोखरेलको निधन भएको छ ।लामो समयदेखि अस्वस्थ रहँदै आएका पोखरेलको हिजो उपचारका क्रममा काठमाण्डौंमा निधन भएको उनी निकट सहकर्मीहरुले बताएका छन् ।सुनसरी बहुमुखि क्याम्पसमा समेत लामो समय अध्यापन गराएका पोखरेल पछिल्लो समय निकै अस्वस्थ बेनपछि नियमति चेकजाँचको क्रममा थिए ।विश्वरमण पोखरेलको निधनको शोकमा इनरुवा स्थित रहेका नीजि विद्यालयहरु भोलि एक दिन बन्द हुने भएका छन् ।पोखरेल नीजि विद्यालय संचालक रहेकाले उनको शोकमा विद्यालय बन्द गर्न लागिएको इनरुवा इङलिस बोर्डिङ स्कूलका शिक्षक विष्णु कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया