Inaruwa-sakela-1

इनरुवा जेठ १८/किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इनरुवाले आज सदरमुकाममा साकेला सिली प्रर्दशनि गरेको छ ।किरात राई यायोक्खा साकेला उभौली २०७३ को तालिका अनुरुप प्राकास इनरुवाले साकेला सिली प्रर्दशनी गरेको हो ।सुनसरीमा रहेका २५ वटा प्राकासहरुले जिल्ला कार्य समितिले निर्धारण गरेको मितिमा सम्वन्धित भेगमा साकेला प्रर्दशनी गर्दै आएको छ ।

Inaruwa-sakela

जेठ ८ गतेबाट सुरु भएको प्रर्दशनी २२ गते समापन हुने इनरुवा प्राकास अध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो ।किरात राईहरुले बैशाख पूर्णिमामा साकेला उभौली मनाउँदै आएका छन् । उनिहरुले १५ दिन घरगाउँ, टोल घुमी साकेला नाची, प्रकृतिको पुजा गर्नुका साथै शुख शान्तिको कामना गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया