mithila painting

१८ जेठ, बिराटनगर। मिथिला लोक चित्रकलाको सरक्षणका लागी विराटनगरमा भएको पाँचदिने प्रशिक्षण कार्यशालामा बनाएका चित्रहरुको आज विराटनगरमा प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रतिष्ठानको मुख्य आयोजना साथै कायस्थ समाज र सिर्जन विन्दु नामक संस्थाको सह–आयोजनमा पाँच दिनअघि वाट  चित्रकला प्रशिक्षण कार्यशाला शूरु भएको थियो ।

सुनसरी,मोरङ र झापामा रहेका मिथिला भाषी समूदायका घरका भित्तामा कुदिने कलालाई संयोजन गरी प्रशिक्षण दिएको आयोजकले बताएका छन् । प्रशिक्षण कार्यशालामा सुनसरी,मोरङ र झापाका गरि ३० जना प्रशिक्षार्थी चित्रकारहरु सहभागि भएका थिए । उनीहरुले बनाएका १ सयभन्दा बढी चित्रलाई प्रदर्शनिमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया