इनरुवा जेठ १९ /निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सुनसरीमा खसेको कुलमत मध्ये ४ सय ८८ मत हात पार्दै नेपाल निजामति कर्मचारी संगठनले पहिलो स्थान हात पारेको छ ।१ हजार ४९ जना मतदाता संख्या रहेको सुनसरीमा ९ सय ५४ मत खसेको थियो । २७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा विहान ८ बजेबाट सुरु भएको मतदानको परिणाम केहिबेर अघि सार्वजनिक भएको हो ।जसमा नेपाल नेजामति कर्मचारी युनियन (संघ) दोस्रो भएको छ । युनियनले २ सय ९ मत पाएको छ । नेपाल मधेशी निजामति कर्मचारी मंच १ सय ७ मतका साथ तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र ७१ मतका साथ चौथो भएको छ । त्यसैगरी पाँचौ स्थानमा रहनेमा राष्ट्रिय कर्मचारी संगठन निजामतिले ५३ मत पाएको छ भने चुनावी प्रतिष्पर्धामा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनले ३ मत मात्र पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया