rasifalमेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
होसियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाको यात्रा व्यवस्थापन गर्न खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला। सवारीमा पनि सावधानी अपनाउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। बाध्यताका काममा अलमलिनुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आलस्य गर्ने बानीले केही समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। व्यवहारमा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिले त्यति साथ नदिन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने सम्भावना देखिन्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। केही समय महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मेहनत गर्दा समय अनुकूल रहनेछ। सानो प्रयत्नले राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। आँटेको कामले उत्साह जगाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। साथिभाइले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। मानहानिको योग देखिएकाले वादविवादमा जोगिने प्रयत्न गर्नुहोला। धैर्य एवं निरन्तरको प्रयत्नले बिस्तारै फाइदा हुनेछ।-नेपालिपात्रो

तपाईको प्रतिक्रिया