काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद वैठकमा सांसदहरुको कुरा सुनिरहेका थिए ।तर ३ बजेपछि बैठकमा केहीबेर उनी देखिएनन ।बजेटमाथिको छलफल भएकाले अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ । तर, उनी शौचालय जाने भन्दै बाहिरिएका थिए । त्यही बेला संसदमा प्रश्न उठाइयो ।

कांग्रेस सांसद रामहरि खतिवडाले अर्थमन्त्रीको उपस्थितिमा सांसद बैठकको औचित्य नहुने भन्दै स्थगित गर्न माग गरे।तत्कालै अर्थमन्त्री पौडेल टुपलुक्क आइपुगे । शौचालय जाँदै गर्दा यो प्रश्न उठाएपछि मन्त्री पौडेल त्यतिकै फिर्ता आएका हुन् । आजको राजधानीमा समाचार छ ।

तपाईको प्रतिक्रिया