Agent_fraud baideshik

२० जेठ, रविन्द्र साह सप्तरी। तीनजना युवालाई विदेश पठाइदिन्छु भनेर रकम ठग्ने एजेण्टबाट व्याज सहित रकम फिर्ता गराइएको छ । चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे । पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा भएको छलफलमा एजेण्ट देव बैदेशिक रोजगारीमा पठाउन भन्दै लिएको पासपोर्ट र केही रकम देवले फिर्ता गरेका हुन् । विगत दुई वर्ष अगाडी मलेसियाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै देवले राजविराज ९ का रामकुमार दास, दिनेश सदा तथा सञ्जीव साहसँग चार लाख उठाएका थिए । उनीहरुले आफूहरुले साहुमहाजनसँग ५ प्रतिशत ब्याजमा लिएको रकम बताएका छन् ।

उनीहरुले एजेन्ट देवसँग प्रमाणको रुपमा २० लाख वरावरको कागज पनि गराएका थिए । यता छलफलकै क्रममा एजेण्ट देवले तिर्न कवुल गरेको ५ लाख ८ हजार मध्ये ३ लाख ५० हजार तत्काल दिएका छन् भनें बाँकी रकम एक महिना भित्र फिर्ता गर्नेगरी कागज गरेका छन् ।

तपाईको प्रतिक्रिया