२१ जेठ, रविन्द्र साह सप्तरी । कटैया गाविस १ का अग्निपीडित परिवारलाई बिहिबार एक गैर सहकारी संस्थाले राहत प्रदान गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टीले त्यहाँका अग्निपीडित परिवारहरु गर्भु चौधरी र भुटीलाल चौधरीलाई राहत स्वरुप त्रिपाल, लत्ताकपडा, भाडाकुडाँ लगायतका सामग्रीहरु प्रदान गरिएको हो । क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादव तथा स्थानीय समाजसेवि राधेश्याम मण्डलले त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेका हुन ।

तपाईको प्रतिक्रिया