२१ जेठ, रविन्द्र साह सप्तरी। सप्तरीको ब्रहमपुरलाई दिसा तथा मदिरा मुक्त गाविस घोषणा गर्न हरसम्भव प्रयास गर्ने स्थानीय महिलाहरुले प्रतिबद्धता जनाएका छन । जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तरगत गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले सो प्रतिबद्धता जनाएका हुन । ब्रहमपुर गाविसलाई पुर्ण सरसफाई अभियान अन्तर्गत खुल्ला दिसा मुक्त गाविस बनाउनुका साथै मदिरा मुक्त बनाउनका लागि यहाँका सम्पुर्ण महिलाहरु एक जुट भएर अगाडी बढ्ने बताए ।

गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरका संयोजक जगधर ठाकुरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरी जिल्लाको गम्हरिया प्रवाहा गाविसमा बिहिबार एक समारोहबिच सरसफाई परिचय पत्र वितरण गरिएको छ ।

गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक हरेराम यादवको अध्यक्षता तथा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सचिवालय कार्यक्रम संयोजक मिथिलेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो सरसफाई परिचय वितरण समारोहमा सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा, फिल्ड अफिसर शुभ नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र साह, स्वास्थ्य चौकीका प्रमुख नागेश्वर प्रसाद साह, सामाजिक परिचालक शिवशंकर मेहता, स्थानीय प्रजवलकद्वय खेलानन्द चौधरी, निर्मल कुमारी यादव सहितका बक्ताहरुले गाविसलाई असार महिनाको १५ गतेभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने सामुहिक रुपमै प्रतिवद्धता जनाएका छन । सोही कार्यक्रममा त्यहाँका २ सय घरधुरीलाई सरसफाई परिचय पत्र वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया