एमालेले ३१ केन्द्रीय विभागलाई पूर्णता दिएको छ। यससँगै करिब सात सय नेता–कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन्। एमालेमा संगठन, प्रचार, पार्टीको आन्तरिक मामिला र राजकीय मामिलासँग जोडिने विभाग छन्।

महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो। कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए। ४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभागको टुंगो लगाउने जिम्मा कार्यदललाई दिएको थियो।

३१ विभागमध्ये १४ मा संस्थापन र १७ मा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू प्रमुख छन्। विभागीय प्रमुखलाई काम गर्न सहज हुनेगरी सदस्यको नाम टुंग्याइएको छ। समग्रमा नेपाल पक्षका नेता–कार्यकर्ता बढी हुनेगरी विभागले पूर्णता पाएको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया