२२ जेठ।कान्तिपुर पब्लिकेशन प्रा.लि. बिरुद्ध सोही दैनिकका समाचारदाता जितेन्द्र खड्गाले दिएको निवेदनमाथी श्रम अदालत काठमाडौंले सरुवा बदर गर्न आदेश दिएको छ । श्रम अदालतका अधिकारी धीर बहादुर चन्दले सो आदेश दिनुभएको हो । जारि भएको आदेशमा भनिएको छ, “निवेदकले दायर गरेको फिरादको टुङ्गो नलाग्दै विपक्षि प्रतिष्ठानले गरेको सरुवाको निर्णय कार्यान्वयन भएमा फिराद पत्रको औचित्य नै समाप्त हुने भएबाट उक्त फिराद पत्रको ट्ङ्गो नलागेसम्म सरुवाको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा श्रम अदालत (कार्यविधि) नियमावली, २०५२ को नियम ३४ बमोजिम अन्तरकालिन आदेश जारि गरिदिएको छ ।”

यसअघि सो प्रतिष्ठानले पत्रकार खड्गालाई उदयपुर जिल्ला सरुवा गरेको थियो । खड्गाले प्रतिष्ठानको कुनै शाखा वा इकाइ कार्यालय नै स्थापना नभएको अवस्थामा श्रम ऐन, २०४८ को दफा ५(४) तथा श्रमजिवी पत्रकार ऐन, २०५९ को दफा ८ को विपरीत सरुवा गरेको भन्दै प्रतिष्ठान बिरुद्ध श्रम अदालतमा निवेदन दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया