२२ जेठ, इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकालाई उपप्रधानमन्त्री कमल थापाले धन्यवादसहित कार्यशैलीको प्रशंसा गर्नुभएको छ । शुक्रबार सुनसरी सदरुमकाम इनरुवा आउनुभएका उपप्रधानमन्त्री थापाले इनरुवा नगरपालिकाको अनुगमन गर्दै धन्यवाद दिनुभएको हो । इनरुवा नगरपालिकाले न्यूनतम मापदण्ड पूरा गरेसँगै अन्य कार्यक्रम र गतिविधिमा सकारात्मक भूमिका निर्वाह गरेको र जिम्मेवारीपूर्ण काम गरेको भन्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका थापाले कार्यशैलीको प्रशंसा गर्नुभएको हो ।