Inaruwa-neka aguwa karya karta bhetghat congress

इनरुवा जेठ २२/ काँग्रेस भित्र आफुखसी निर्णय लाद्दै हिँड्ने गरेको भनि आरोप झेल्दै आएका सभापति देउवामा अझै परिवर्तन आउन नसकेको काँग्रेस नेताको आरोप छ ।सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका काँग्रेस पूर्व महामंत्री प्रकाशमान सिङले देउवा अझै सिङ्गो पाटी सभापति बन्न नसकेको बताउनु भएको हो ।

अगुवा कार्यकर्ता भेलामा सम्बोधनका लागि इनरुवा पुग्नुभएका नेता सिङले संचारकर्मीहरुसँगको कुराकानीमा एकपक्षिय निर्णयमा अघि बढ्ने देउवा सिङ्गो पाटीको सभापति बन्न अझै नसकेको धारणा राख्नुभयो ।बजेटका सन्दर्भमा असहमति जनाउँदै सिङले ओली नेतृत्वको सरकारले प्रचारबाजीका रुपमा ल्याएको बजेट कार्यान्वयनमा आउनै नसक्ने धारणा राख्नु भयो ।

वर्तमान सरकार आन्तरिक अन्तरविरोधमा फँसेको प्रशंग कोल्याउँदै वहाँले बर्तमान सरकार अब धेरै दिन नटिक्ने बताउनु भयो ।नेपाली काँग्रेस जिल्ला पाटी कार्यालय सुनसरीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाका वक्ताहरुले संविधान कार्यान्वयनमा पाटीले खेल्नु पर्ने भूमिका र स्थानीय निर्वाचन लक्षित कार्यक्रमलाई प्राथमिकता जस्ता विषयमा धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया