१० कात्तिक इनरुवा/

sunsari_district
सुनसरीको श्रीपुरमा पेट्रोल खोसेर आगो लगाउने क्रममा आगोमा जलेर एकजना घाइते भएका छन् ।
सप्तरीको भारदह ७ बस्ने २२ वर्षिय रामविलास यादव आगोले जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिको समूहले भारतीय बजारबाट पेट्रोल किनेर आउँदै गरेका यादव सवार मोटरसाइकल रोकीे पेट्रोल पोखी आगो लगाएको प्रहरीको भनाई छ । पेट्रोल आगो लगाउने क्रममा यादवको खुट्टा र ढाड जलेको प्रहरीको भनाई छ ।

सुनसरी प्रहरीका अनुसार घाइतेको सामान्य अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीमा मोर्चाले भारतीय सीमावर्ति बजारबाट लुकाइछिपाई कालोबजारीको उद्येश्यका साथ भित्राइने पेट्रोल कब्जामा लिई नष्ट गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया