कराँची, एजेन्सी । पाकिस्तानमा ३५ बच्चाको बुवा रहेका एकजना व्यक्ति चौथो श्रीमती खोजिरहेको समाचार भाइरल बनेको छ । १ सय बच्चा जन्माउने आफ्नो लक्ष्य पुरा गर्न तिनले चौथो बिहा गर्न गइरहेको बताइएको छ । ४६ वर्षीय उनको नाम सरदार जोन मोहम्मद खिलजी रहेको बताइन्छ । एउटा मिडिया रिपोर्टमा “जति सक्यो त्यति बच्चा जन्माउनु धार्मिक जिम्मेवारी” भएको खिलजीको भनाई उद्दृत गरिएको छ ।
आफ्नै क्षेत्रमा एउटा क्लिनिक खोलेर सबेका खिलजीले हरेक बिरामीसँग ४ सय रुपैयाँ शुल्क लिने गरेको मिडिया एजेन्सीहरुले जनाएका छन् । उनले आर्थिकरुपमा समेत कहिल्यै परिवारमा संकट नपरको जनाएका छन् । छोराछोरी ठूला हुँदै गएपछि आर्थिक जिम्मेवारी बढ्ने भन्दै उनले सरकारसँग भने सहयोगका लागि अनुरोध गरेका छन् । सरकारले सहयोग नगरेपनि अल्लाह (भगवान)ले मद्दत गर्नेमा उनी विश्वस्त रहेका छन् ।
फेसबुकमा प्रचार गरेपछि विवाहका कैयन् प्रस्ताव आएको समेत उनको दावी छ । उनको पहिलो विवाह २६ वर्षको उमेरमा भएको थियो । त्यसपछि ५ महिनाको अन्तरालमा उनले दुई अरु बिहे गरे । एभरेस्ट दैनिक बाट