नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् । गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका छन्। खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् ।

कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए खड्कालाई उपसभापतिमा मनोनयान गर्ने पस्ट सहमति भएको उनीहरुको भनाइ छ । तर, देउवानिकट नेताहरु भने महाधिवेशनपछि खड्कालाई उपसभापति बनाउन परिस्थिति त्यति सहज र अनुकुल नभएको बताउँछन् । त्यसैले खड्कालाई उपसभापतिमा मनोनयन गर्ने सम्भावना कम हुँदै गएको देउवा निकट नेताहरुको भनाइ छ ।

देउवा निकट नेताहरु परिस्थितिले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापति मनोनयन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउन थालेका छन् । अाजकाे  राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया