इनरुवा जेठ २३/सुनसरीमा साह महिला समाज समिति गठन भएको छ ।महिला विभाग अध्यक्ष सुनिता साहको उपस्थितीकावीच एकसाथ साह महिला जिल्ला समिति र नगर कार्य समिति गठन गरिएको हो ।साह महिला समाज सुनसरीको अध्यक्षमा दिपा साह चुनिएकी छिन् ।त्यसैगरी उपाध्यक्षमा शुशिला साह, सचिव ज्ञानकुमारी साह, कोषाध्यक्ष सुनिता साह, सह सचिव प्रमलता साह रहेका छन् । सदस्यहरुमा रेणु साह, पुनमदेवी,अनिता,मुनादेवी, रीनादेवी, तारादेवी,नीलम,शुशिला, ललिता र कञ्चन साह रहेको साह सेवा समिति सुनसरीका अध्यक्ष रामकुमार साहले जानकारी दिए ।
त्यसैगरी गठित नगर साह महिला समाजको अध्यक्षमा मालती साह रहेकी छिन् । उपाध्यक्ष सुमन र अञ्जना साह रहेका छन् भने सचिव कोशीला साह, कोषाध्यक्ष सरिता साह र सहसचिवमा राजकुमारी साह रहेका छन् । इनरुवा नगर समितिका सदस्यहरुमा राधा साह, मञ्जु, ललिता,फुलकुमारी,सुष्मा,प्रमिला , बन्दना र शान्ति साह रहेका विरेन्द्र साहले बताए ।कार्यक्रममा महिचन्द्र साह, श्याम साह,नविनचन्द्र साह, रामप्रसाद साह लगायतको उपस्थिती रहेको थियो ।