काठमाडौं । एमालेले प्रदेश संगठन कमिटी गठनको गृहकार्य गालेको छ । तर संयोजक र त्यसका रहेको सदस्यका विषयमा संस्थापन र नेता माधव लनेपाल पक्षबीच विवाद भएको  हाे । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकमा प्रदेश  कमिटी छि६टै गठन गर्ने गरी संयोजक र सदस्यबारे छलफल भएको हो ।

 पदाधिकारी वा स्थायी समिति सदस्यमध्येबाट संयोजक बनाउनुपर्ने दुवैखाले विचार आएकाले सबै पक्षको सुझवका आधारमा टुंगोमा पुग्नेगरी गृहकार्य सुरु भएको एमालेले जनाएको छ । संयोजक तोक्ने विषयमा विवाद भएपछि बैठकले तीन दिनभित्र नामसहितको प्रस्ताव तयार गर्न  संगठन विभागलाई जिम्मा दिएको छ । यसअघि ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले संघीय ढाँचाअनुसार प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो । स्वरुपका विाष्मा गृहकार्य गर्ने जिम्म भने स्थायी समितिलाई दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया