jalayara siriya yaun isi

इराक र सिरियामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले १९ जना महिलालाई जिउँदै जलाएर हत्या गरेको छ ।इराकको मोसल सहरमा आईएस लडाकुहरुले सयौं सर्वसाधारणका अगाडि ती महिलालाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीहरुले जनाएका छन् ।

आइएस लडाकुसँग यौन सम्बन्ध राख्न नमानेको आरोपमा उनीहरुलाई फलामको पिंजडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको हत्या गरेको जनाएका छन् । -राजधानी दैनिक

तपाईको प्रतिक्रिया