inaruwa tractor sangh dhunga giti ijajat
इनरुवा जेठ २५/ठेक्का लगाउने नाममा बन्द गरिएको खोलाजन्य सामाग्री निकासी र ढुवानी खुला गरिनु पर्ने माग सहित कोशी ट्याक्टर संघले सुनसरी प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।ट्याक्टर व्यावसायी संघले आफुहरुको रोजरोटी गुमेको भन्दै सरकारी निर्णय प्रति पुर्नविचारको माग सहित उचित विकल्प खुल्ला गर्न सुनसरी प्रशासन मार्फत प्रधानमंत्रीको कार्यालय समक्ष ज्ञापन पठाएको हो ।

चुरे क्षेत्र संरक्षणको नाममा भएको निर्णय खुकुलो पारी निश्चित क्षेत्र तोकी चुरे क्षेत्रमा नपर्ने पुर्व पश्चिम राजमार्गको दक्षिण भेगबाट ढुवानी गर्न पाउनु पर्ने व्यावसायीहरुको माग छ ।अध्यक्ष शिवराज दाहाल सहित जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेको कोशी ट्याक्टर  व्यावसायी संघका पदाधिकारीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मोहन चापागाईलाई आफ्ना माग सहितको ज्ञापन पत्र बुझाएको थियो ।

तपाईको प्रतिक्रिया