काठमाडौं / लगातार तीन वर्ष आयव्यय नबुझाउने २० दल खारेजीको प्रक्रियामा पुगेका छन् । आर्थिक वर्ष २०७१/७२ सम्म लगातार तीन वर्षसम्म आम्दानी खर्चको विवरण नबुझाउँदा खारेजी प्रक्रियामा गएका हुन् ।
तर, राजनीतिक दलले तोकिएको समयमा आफ्नो आयव्यय विवरण बुझाउने गरेका छैनन् । खारेजी प्रक्रियामा रहेका राजनीतिक दल निष्क्रिय छन् ।
कतै नाम नसुनिने, गतिविधि नगर्ने अस्तित्वमा नरहेका साना दल छन् । १० हजार जनाको हस्ताक्षर बुझाएर दल दर्ता भएपनि ती दलको नाम जनताले कहिल्यै सुन्न पाएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।