काठमाडौं । नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

 कुष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो ।

अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पृष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

तपाईको प्रतिक्रिया