२६ जेठ, रविन्द्र साह सप्तरी।जि. प्र. का. सप्तरीको सिस्वाबेल्ही गाविसबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनगढी ३ बस्ने अन्दाजी १६ बर्षीय रुपक कुमार साह र सिस्वाबेल्ही १ बस्ने १९ बर्षीय राकेश बिश्वकर्मा रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको गस्ती टोलीले राती १० बजे लागूऔषधजन्य ईन्जेक्सन सहित पक्राउ गरेका हुन् । उनीहरुको साथबाट चेकजाँचका क्रममा नाइट्रोजन ट्याब्लेट ५५ पिस, फेनारगन १ एम्पुल, डाइजेल्याप १ एम्पुल, फोटिनपानी नाम गरेको ईन्जेक्सन २ एम्पुल बरामद भएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय कडोरवनामा राखिएको छ ।.

तपाईको प्रतिक्रिया