२६ जेठ, रविन्द्र साह सप्तरी।पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकामा सोमबार दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५७१ नम्बरको मोटरसाइकलले अगाडि जादै गरेको अन टेस्ट मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा दुबै मोटरसाइकल एक अर्कासंग ठोक्किएका थिए ।

दुर्घटनामा अन टेस्ट मोटरसाइकलका चालक सिरहा गौरिपुर ८ बस्ने ३५ बर्षीय सोनेलाल यादवको उपचाका लागि न्युरो अस्पताल बिराटनगर ल्याउनेक्रममा मृत्यु भएको हो । अर्का मोटरसाइकलका चालक लहान नगरपालिका ३ बस्ने २७ बर्षीय दिपेन्द्र यादव र पछाडी सवार सोही स्थान बस्ने २९ बर्षीय राजदिप यादव गम्भिर घाईते भएकाले उपचारका लागी लहानस्थित डिभाईन अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया