२६ जेठ, रविन्द्र साह। सप्तरी बभनगामाकट्टी गाविसको तोपास्थित जनता माविमा काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ईकाई समितिको पूर्नगठन गरिएको छ । नेवि संघका केन्द्रीय सदस्य आनन्द कुमार झाको प्रमुख उपस्थितिमा ने.वि.संघ संगठन विस्तार समितिका संयोजक पार्थो सरकारसहितको उपस्थितिमा ११ सदस्य कमिटी गठन गरिएको हो ।

ईकाई समितिका अध्यक्षमा ओकिल कुमार मंडल, उपाध्यक्षमा रेणुका पंडित, सचिवमा मनोज कुमार मंडल, सह सचिव मा आशाराम यादव र कोषाध्यक्षमा आशा कुमारी यादवलाई चयन गरिको छ । सदस्यहरुमा कमलेश कुमार रजक, रबेन्द्र कुमार मंडल, निराजन कुमार यादव, शिब नारायण यादव र बन्दना कुमारी मंडललाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया