youth of inaruwa
अमर काफ्ले, इनरुवा जेठ २६ ।यतिवेला इनरुवा नगर भित्र स्थानीय युवाहरुको समूहले वृहत सरसफाई अभियानलाई निरन्तरता दिइरहेको छ ।स्थानीयस्तरमा रहेका युवाहरुको साझा समूहका रुपमा गठित युथ अफ इनरुवाले नगरभित्र सरसरफाईलाई अभियानका रुपमा संचालन गरिरहेको छ ।

youth of inaruwa1
नगरपालिकाले सामान्यतया बजार र चोक क्षेत्रमा विहानको समयमा फोहोर उठाउने गरेपनि युवाहरुले चालेको अभियानमा क्रमश प्रभावकारी देखिन थालेपछि स्थानीयको साथ र समर्थन समेत जुट्न थालेको छ ।बजार,चोक,मठ,मन्दिरका साथै अस्पताल र गुद्री लगायतका स्थानहरुको सरसफाईलाई युथ अफ इनरुवाले प्राथमिकतामा राखी अभियान जारी राखेको छ ।

youth of inaruwa3
एक महिना अघि संगठित बनेको युथ अफ इनरुवाले दुई सातायता दिनहुँ सरसफाई अभियानलाई निरन्तरता दिँदै आएको छ ।युवा अभियानमा स्थानीयको साथ र समर्थन बढ्न थालेसँगै इनरुवा नगरपालिकाको कार्यालयले समेत युथ अफ इनरुवालाई सहयोग उपलब्ध गराउन थालेको छ । अन्य आवश्यक सहयोगका लागि सरोकारवालाहरुले समेत प्रतिवद्धता जनाउने क्रम बढेको छ ।

youth of inaruwa2

तपाईको प्रतिक्रिया