काठमाडौं । सरकारले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाविसालई वर्गीकरण गरेरमहानगर र उपमहानगरको घरजग्गा रजिष्ट्रेसन दस्तुर बढाएको छ । यसअघि नगरपालिका र गाविस छुट्याएर रजिष्ट्रेसन दस्तुर अठाइँदै आएको छ । अबदेखि महानगरपालिकाभित्र राजिनामा, सट्टापट्टा र सगोलनामको लिखतको थैली अंकमा ५ प्रतिशत र उपमहानगरपालिकामा ४.५ प्रतिशत दस्तुर तिर्नुपर्ने छ ।
त्यस्तै यसअघि गाविस र नगरपालिका सामूहिक आवास योजनाअन्तर्गत निर्मित भवन आवास एकाइको लिखतको थैली अंकमा ४ प्रतिशत दस्तुर लिइने गरेकोमा यो दस्तुर अव महानगरपालिकामा सीमित गरिएको छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।