२७ जेठ, रविन्द्र साह सप्तरी।भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । आम मुलनिवासी मुक्ति मोर्चाको आयोजनामा सप्तरीको उच्च मावि नेङ्गरा वेरियाको प्राङ्गणमा बुधबार आयोजित अधिकार सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मुसहर वा अन्य दलित अथवा कथित उच्च जातिकै मानिस भएपनि गरिबीको चपेटामा परेको बताउनुभयो ।

उहाँले ब्राहमणवादको अन्त्य नभएसम्म मुलनिवासीहरुको हकअधिकार सुनिश्चितता हुन नसक्ने भएकोले ब्रहमणवादलाई
जडैबाट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदाय मिलेर नै देश बनेको हुँदा सबै समुदाय शिक्षित र सम्पन्न भए मात्र देशको इज्जत बढ्छ
भन्नुभयो ।

माझीले दलित समुदायहरुका लागि राज्यले शिक्षा, स्वास्थय तथा रोजगारको अवस्था श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वमुख्य मन्त्रि माझीले अत्यधिक मदिरा पिउने समुदायका रूपमा चिनिएका दलित बस्तीहरुलाई मद्यपान त्याग्न, स्वच्छ र शिक्षित बन्न तथा धामीझाँक्रीको परम्परा त्यागेर स्वस्थ रहने उपाय सिक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिहान ओछ्यानबाटै रक्सी खाने र खानकै लागि मात्र काम गर्ने मुसहर जातिको परम्परालाई त्यागेर बालबच्चाको पढाइमा खर्च गर्ने र बच्चालाई कसरी शिक्षित नागरिक बनाउन सकिन्छ भनेर सोच्ने मनोवृत्तिको विकास गर्न जरुरी छ ।” उहाँले मुसहर जातिलाई अघि बढ्ने प्रेरणाको स्रोतका रूपमा रहेका दिनाराम, दिनाभद्रीको नाउँमा ट्रस्ट निर्माण गर्न पनि नेपाल सरकारसँग मागसमेत गर्नुभयो । पूर्व मुख्यमन्त्री माझीले दिनाभद्रीको उचित संरक्षण सम्वद्र्धनका लागि राज्य पनि उदासिन रहेको आरोप लगाउँदै दिनाभद्री दलित जातीका भएकाले त्यसलाई संरक्षण सम्वद्र्धन गर्नका लागि राज्यले कुनै चाँसो नदेखाएको आरोप लगाउनुभयो ।

आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामको अध्यक्षता तथा माननीय सांसद सुरेन्द्र यादवको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा मोर्चाका केन्द्रिय उपाध्यक्ष झब्बर प्रसाद राम, राम प्रसाद राम, डा.दिलिप साह, जयराम भगत, बलराम सदा, नेपाली काग्रेसका भागवत प्रसाद यादव, सदभावना पार्टीका अमरेन्द्र यादव, दिगम्बर यादव, बिरेन्द्र गोठिया सहितका बक्ताहरुले सम्पुर्ण मुल निवासीहरु मिलेर ब्राहमणवादलाई समाप्त गरी मुल निवासीहरुको लागि क्रान्तिको खाँचो रहेको बताउनुभयो ।

यसैबिच सोही अधिकार सभामा नेपाल भारतका सुप्रसिद्ध कलाकार युवा गायक भागवत मण्डल तथा अन्य कलाकारहरुले नृत्य तथा गितहरु
समेत प्रस्तुत गरिएको मोर्चाका केन्द्रिय सचिव राज कुमार मण्डलले जानकारी दिनुभयो । यसअघि पुर्वमन्त्री माझिले नेङ्गरा गाविसस्थित जोगियामा रहेको दिनाभद्रीको जन्मस्थल गएर दर्शन तथा पुजाआजा मसेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया