२७ जेठ, रविन्द्र साह सप्तरी। सिरहाको दक्षिणवर्ती गाविस औरही–७ का अन्दाजी ४५ वर्षीय व्यापारी चन्देश्वर साह (कलाल)को करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । घरको आँगनमा रहेको हाते पाइप (कल)मा विद्युतीय तार सर्ट भएर करेन्ट प्रवाह भएको थियो ।
तर उक्त कुरा थाहा नपाएर कलमा छोएपछि करेन्ट लागेर मृत्यु भएको स्थानीयवासी सुरेश यादवले जानकारी दिनुभयो । साहले औरही चौकमा हार्डवेयर पसल खोलेका थिए । मृतक साहको शव परीक्षणका लागि अहिले प्रहरीले सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल लगेको छ ।

तपाईको प्रतिक्रिया